ईन्जिनियरको सामुहिक दुर्घटना बिमा

नेपाल इन्जिनियर्स एसोसिएसनले एसोसिएसनका सदस्य ईन्जिनियर हरुको सामूहिक बिमा कार्यक्रम सुरु गरेको छ। आईतबार बसेको एसोसिएशनको बैठकमा अध्ययन समितिको प्रतिवेदन आए सँगै सामूहिक दुर्घटना बिमा लागु हुने भएको हो।

नेपाल ईन्जिनियर्स एसोसिएसनका उपमहासचिव ई. कपिल आचार्यले आजको एसोसिएसनको बैठकले प्रत्येक ईन्जिनियर (एसोसिएसन साधारण सदस्य) को रु. १०,००,०००/- (दश लाख) बराबरको बिमा गर्ने निर्णय गरेको बताए।

उनले बिमाको सन्दर्भमा एउटा खुट्किला पार गरेको र यसैगरी विगतदेखि आफूहरुले उठाउदै आएका एजेण्डाहरु लाई स्थापित गर्दै अघि बढ्ने वाचा दोहोर्याएका छन।

पूर्वाधार खबर सँगको संक्षिप्त कुराकानीमा सम्पूर्ण ईन्जिनियरहरुमा एशोसिएशनको सदस्य रहनु गौरवको विषयको रुपमा रहने गरि काम गर्ने संकल्प सहित एशोसिएशनको नेतृत्वमा आफूहरु आएको स्मरण गराउदै उपमहासचिव आचार्यले एशोसिएशनले थालनि गरेका यी र यस्तै महत्वपुर्ण पहलकदमीमा आ-आफ्नो क्षेत्रबाट सकारात्मक भूमिकाका लागि समस्त ईन्जिनियरहरुलाई आह्वान समेत गरे।