"सिक्टा सिंचाइ आयोजना : समस्या र समाधान" विषयक पुर्वाधार कार्यक्रम

ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले आफ्नो कार्यकालभित्र सिक्टा सिँचाइ आयोजना पूरा गरेर छाड्ने बताउनुभएको छ । उहाँले धुलनशील माटोका कारण यस आयोजना अघि बढाउन समस्या भएको बताएका छन् ।

नेपाल इञ्जिनीयरिङ एशोसिएशनले आज आयोजना गरेको पूर्वाधार विकास बहसमार्फत् सिक्टा सिँचाइ आयोजनाका समस्या र समाधान विषयको कार्यक्रममा मन्त्री पुनले धुलनशील माटोका कारण यस आयोजनामा असर पारेको बताए ।

कन्काई सिँचाइ आयोजनादेखि महाकाली सिँचाइ आयोजनामा नयाँ समस्या दखिएको इञ्जिनीयरका लागि नयाँ अनुभव भएको छ’, पुनले भने, ‘अर्बौं लगानी भएको यो आयोजनालाई पूर्ण गर्ने छु ।

आयोजनालाई अध्ययनको विषय बनाएर अघि बढ्नुपर्ने बताउँदै मन्त्रीले पुनले निर्माणमा भएका कमी कमजोरी पल्याउन आवश्यक छ भने ।

यस आयोजनामा परेका ४२ वटा ठेक्कामध्ये १५ वटा पूर्ण भइसकेका छन्’, पुनले थपे, ‘ठेक्का लिन हतार गर्ने तर त्यस कामलाई पूर्णता नदिने समस्या र परिपाटी नेपालमा धेरै देखिएको छ ।

त्यसैगरी मन्त्री पुनले भेरी डाइभर्सन आयोजना आगामी वैशाखसम्म पूरा गरी आठ देखि १० क्युव म्याक्स पानी सुख्खा मौसममा भित्र्याउने दावी गरे ।

सिक्टा सिँचाइ आयोजनाका निर्देशक इञ्जिनीयर कृष्ण नेपालले यस आयोजना चाँडै पूरा भएमा वर्षेनी तीन लाख जनताले रोजगार पाउने जानकारी दिए ।

ठेक्का व्यवस्थापनमा समस्या, निकुञ्ज क्षेत्र नजिक बाढी व्यवस्थापन हुन नसक्नु र धुलनशील माटोको समस्या समाधान गर्नुपर्ने छ’, नेपालले भने ।

सिँचाइ विभागका पूर्वनिर्देशक शिवकुमार शर्माले ४५ किमिको आयोजनामध्ये छ किमिमा धुलनशील माटोले समस्या पारेको बताए ।

आव २०३८÷०३९ मा शुरु भएको यो आयोजना हालसम्म पूर्ण हुन सकेको छैन’, शर्माले भने, ‘इञ्जिनीयरमार्फत् ऐन कानूनको व्यवस्था गरी समस्या समाधान गर्नुपर्ने देखिन्छ ।

निर्माण व्यवसायी महासङ्घका सल्लाहकार जयराम लामिछानेले पूर्वाधार विकास राष्ट्र निर्माणको बलियो आधार भएकाले छिट्टै समाधान गर्न लाग्नुपर्ने बताए ।

यस आयोजनामा १५ अर्बभन्दा बढी लगानी भइरहेको छ’, लामिछानेले भने, ‘यस कामलाई निरन्तरता दिन हाल कारवाहीमा परेका व्यवसायीको अवस्था बुझेर प्रचलित कानूनमा संशोधन गर्नुपर्ने देखिन्छ ।

इञ्जिनीयरिङ एशोसिएशनका परामर्शदाता ठाकुरप्रसाद शर्माले कामदार, ठेकेदार र परामर्शदाताको मिलेमत्तोका कारण परियोजना अघि बढ्न नसकेको कुरा बिल्कुलै गतल बुझाइरहेको ठहर गरे ।

इञ्जिनीयरले खतराको मूल्याङ्कन कसरी गर्ने भन्नेमा बढी ध्यान दिनुपर्छ’, शर्माले भने, ‘यो परियोजना किन र कसरी शुरु भयो, यसमा के के समस्या छन् भनी अध्ययन गरेमा समस्या भेटिन्छ ।